Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ओलीले मन्त्रीहरुलाई भने -म र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो, तपाईंहरु अब प्रस्ट हुनुहोस्

    ओलीले मन्त्रीहरुलाई भने -म र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भयो, तपाईंहरु अब प्रस्ट हुनुहोस्

    अनलाइन नेपाल
  • शनिबार, २० असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले  दुवै पद नछाड्ने पुरानै अडान दोहोराएका छन्। शनिवार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको वैठक राखी उनले पार्टीभित्रको संकटबारे जानकारी दिँदै  पुरानै अडान दोहोराएका हुन ।

    ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरु र सल्लाहकार टिमसँग बताएको स्रोतले वतायो।



    पार्टीकै नेताहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको जानकारी समेत उनले मन्त्रीहरुलाई  गराएका थिए ।



    प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध ठुलो षडयन्त्रहरु भइरहेको वताउँदै मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

    देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रहने पनि उनले वताएको एक मन्त्रीले जानकारी दिए।

    राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफू नेकपाभित्रको शक्ति संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि उनले बैठकको आयोजना गरेका थिए।  बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसँग भेटर्वार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार