Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेकपाभित्रको विवाद वार्तावाटै हल गर्न धुम्बाराहीमा धर्ना

    नेकपाभित्रको विवाद वार्तावाटै हल गर्न धुम्बाराहीमा धर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंग्याउन माग राख्दै नेकपा केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

    पछिल्लो समय पार्टीभित्र देखिएको विवाद वार्ता र सम्बादको माध्यमबाट नै हल गर्नुपर्ने भन्दै नेताहरुले शुक्रबार पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् ।



    पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ ।



    नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधानभएर अगाडी बढ्दा समस्या आएको बताइन् ।

    व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडी नबढेको भए यस्तो सममस्या नआउने उनले बताइन् । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उनको भनाई थियो ।

    अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताए । पार्टी विभाजनको सोच राख्नेहरुले सपना देखेपनि एक्लै हुने जिकिर गर्दै उनले पार्टी पंक्तिलाई कुनै क्षति नपुग्ने बताए ।

    दुई अध्यक्षबीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार