Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लागुऔषधसहित दुई जना पक्राउ

    लागुऔषधसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 5.1K
    SHARES

    सप्तरी । लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

    राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध लागुऔषधसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।



    सशस्त्र प्रहरी बेस क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाएको छ ।

    उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलीलिटरको २० बोतल डाइलेक्स डीसी बरामद गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार