Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लागुऔषधसहित दुई जना पक्राउ

सप्तरी । लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ आएको प्रदेश २–००१–००१ प ५३९४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध लागुऔषधसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

सशस्त्र प्रहरी बेस क्याम्प बनैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरी चौकी झुटकीको जिम्मा लगाएको छ ।

उनीहरुको साथबाट २२५ ट्याब्लेट नाइट्रजेपाम र एक सय मिलीलिटरको २० बोतल डाइलेक्स डीसी बरामद गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077