Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतीय गुप्तचर समूह काठमाडौंमा सक्रिय

    भारतीय गुप्तचर समूह काठमाडौंमा सक्रिय

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि भारतीय चलखेल बढेर गएको छ ।

    यहि बेला भारतको एक उच्चस्तरीय टोली नेपाल आएको छ । सुरक्षा स्रोतका अनुसार भारतको नेसनल सेक्युरिटी एजेन्सीका प्रतिनिधिहरु नेपाल आएका हुन् ।



    तीन दिन अघि आएको सो टोली काठमाडौंको एक होटलमा बसेको बताइएको छ । स्रोतका अनुसार सो टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग सोल्टी होटलमा सामूहिक छलफल गरेको छ ।
    त्यसैगरी नेपाली कांग्रेसका नेताद्धय विमलेन्द्र निधी र कृष्णप्रसाद सिटौलासँग पनि सो टोलीले बेग्लाबेग्लै भेट गरेको बुझिएको छ । सो सामूहिक भेटमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको स्रोतको भनाइ छ ।



    तर, यो टोलीले सरकारमा रहेकाहरुसँग भने अहिलेसम्म भेट नगरेको बुझिएको छ । त्यसैगरी सत्तारुढ नेकपाका विभिन्न नेतासँग भेटघाट गर्ने भारतीय टोली ललितपुरको भिभान्ता होटल र काठमाडौंको मेरियट होटलमा पनि बसेको बुझिएको छ ।

    भारतीय नेशनल सेक्युरिटी एजेन्सी त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलको मातहतमा रहेको छ । नेशनल सेक्युरिटी एजेन्सीले नेपालमा केही समय पहिलेदेखि भारतीय गुप्तचर संस्था ‘रअ’ भन्दा बेग्लै ढंगले काम गर्दै आइरहेको छ । उक्त टोलीमा ‘रअ’ का नेपालस्थित प्रतिनिधिहरुको पनि संलग्नता रहेको छ ।

    नेपालमा राजनीतिक अस्थिरता बढ्नु अघि र बढेपछि भारतीय सुरक्षा निकायहरु सक्रिय हुने गरेका छन् । केही समय यता भारतीयहरुले आफ्ना सरकार विरोधी मोर्चा काठमाडौंमा सिर्जना गर्न थालेपछि प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सरकार गिराउन चलखेल गरेको भनेर खुलेरै भारतविरूद्द बोलेपछि भारतीय गुप्तचर समूह सक्रिय भएको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार