Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाली सेनाका जर्नेलसहित इन्टेलिजेन्सका महानिर्देशककाे सरूवा

    नेपाली सेनाका जर्नेलसहित इन्टेलिजेन्सका महानिर्देशककाे सरूवा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले सेनाका जर्नेलसहित इन्टेलिजेन्सका महानिर्देशककाे सरूवा गरेकाे छ। सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ ।

    हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि सरुवा भएको छ । उनलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ।



    पाण्डे कडायतको अवकाशपछि उपरथीमा बढुवा हुने लाइनमा छन् । निर्देशनालयका नयाँ प्रमुखमा सन्तोष वल्लव पौडेल आउँदैछन् । उनी १५ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन् । पौडेलको ठाउँमा सहायक रथी अरुण पाल पठाइएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार