Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकामा कोरोना संक्रमणकाे अवस्था अन्य देशभन्दा भयाभय

    अमेरिकामा कोरोना संक्रमणकाे अवस्था अन्य देशभन्दा भयाभय

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २६ लाख ८२ हजार २७० पुगेको छ ।

    त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख २८ हजार २८ पुगेको छ । यो संख्या कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु हुने सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलको भन्दा दोब्बर हो ।



    अमेरिकामा कोरोना भाइरसको संक्रमणमा कमी आउन सकेको छैन । यो साताको शुरुमा अमेरिकी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्थोनी फाउचीले अमेरिकामा दैनिक एक लाख कोरोना भाइरसका संक्रमित भेटिनसक्ने चेतावनी दिएका थिए । कोरोना भाइरसको संक्रमण बढेसँगै पछिल्लो समय केही अमेरिकी राज्यमा पुनः लकडाउन गरिएको छ । स्रोत : बीबीसी



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार