काठमाडौं । केहि दिन पहिले तराईका जिल्लामा देखिएको सहल आज काठमाडौंको आकाशमा पनि देखिएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका ठूलोभ-याङ्ग क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । साथै रानीवन क्षेत्रमा पनि सलह देखिएको छ ।
देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ ।
काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।
Leave a Reply