Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

निर्धारित मितिमै महाधिवेशन गर्ने कांग्रेसको निर्णय, अन्य कार्यतालिका परिमार्जन

काठमाडौं । नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केहि हेरफेर गरेको छ ।

पार्टी मुख्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित बनेको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।

असार १५ गतेभित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यस्तै साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ देखी १० गतेसम्म हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077