Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको?

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीकाे अभिब्यक्तिलाइ लिएर प्रश्न गरेका छन्। उनले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न नसकेको भन्दै प्रश्न गरेका हुन्।

मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले षड्यन्त्र गर्ने राजदूतसँग किन प्रधानमन्त्रीले स्पष्टिकरण नसोधेको भनेर प्रश्न गरेका हुन्। ‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न?’

नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077