Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लकडाउन साउन ७ सम्म, सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द

    लकडाउन साउन ७ सम्म, सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 6.3K
    SHARES

    काठमाडौं। सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म  लम्ब्याउने निर्णय गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनसम्म  अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको  छ ।



    यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।



    अहिले  स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

    तर,  सपिङ मल, जिमखाना,  सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय गरेको एक मन्त्रीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार