काठमाडौं। सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको छ ।
यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
अहिले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
तर, सपिङ मल, जिमखाना, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय गरेको एक मन्त्रीले वताए।
Leave a Reply