Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आरडीटी नेगेटिभ आएपछि घर पठाइएका ४५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । क्वारेन्टिनमा बसेर घर गएका अछाममा आइतबार बिहान एक व्यक्तिको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका क्वारेन्टिनमा बसेर घर गएका ४५ वर्षीय पुरुषको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक प्रभुनाथ देवकोटाले जानकारी दिए । उनी जेठ २७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

असार १० गते र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाएको थियो ।

कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी धनगढी पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077