काठमाडौं । सरकारले शनिबार नेपाल भित्रिएको सलहले बुटवलको मकैमा सामान्य क्षति पुगेको जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा रुपन्देही सैनामैनामा रहेको मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिइएको हो ।
सलह अझै ठूलो संख्यामा नेपाल आउने सम्भावना रहेकाले डर बढेको मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले जानकारी दिए ।
उनका अनुसार भारतबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना मन्त्रालयमा प्राप्त भएको छ ।
Leave a Reply