Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भन्सार छली ल्याएका सामान बरामद, तीनजना पक्राउ

बैतडी । भन्सार छलेर ल्याएको सामग्री बैतडी प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा शनिबार राती खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका ८ स्थित जंगलको कम्पाउण्डमा रहेको एक घरबाट भन्सा छलेर ल्याएको सामग्री बरामद गरेको हो।

करीब एक लाख ५० हजार बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले ३ पेटी बिडी, एक ट्युब र २ थान खुकुरी बरामद गरेको हो । सामग्रीसँगै उक्त घरमा सुतिरहेका दशरथचन्द नगरपालिका ८ का २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077