Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्‍यु, मृतकको संख्या २८ पुग्यो

    कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्‍यु, मृतकको संख्या २८ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 2.3K
    SHARES

    चितवन ।कोरोना संक्रमणबाट कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्र्षीय पुरुषको शनिबार बिहान विहान भरतपुर अस्पताल चितवनमा मृत्यु भएको छ ।

    यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।



    शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र स्वासप्रश्वासमा समस्या देखिएपछि आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।



    असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए ।

    बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेजमा उपचारका लागि गएका थिए । उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार