Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राप्रपा अध्यक्ष थापा भन्छन् : सरकारी सम्पतिमा पार्टीका कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो

    राप्रपा अध्यक्ष थापा भन्छन् : सरकारी सम्पतिमा पार्टीका कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 6.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सरकारी स्रोतसाधन प्रयोग गरी पार्टीका कार्यक्रम गर्नु भ्रष्टाचार भएको बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकलाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा राज्यलाई पार्टीको सम्पति ठान्ने अलोकतान्त्रिक कार्य तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।



    ‘प्रधानमन्त्रीको सरकारी निवास कार्यालय र त्यहाँ रहेका सरकारी साधन र स्रोतको दूरुपयोग गरी पार्टीको बैठक, कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दूरुपयोग हो’– उनले ट्वीटरमा लेखेका छन्–‘राज्यलाई पार्टीको सम्पति ठान्ने अनैतिक अलोकतान्त्रिक कार्य अन्त्य गरियोस । राज्यको सम्पतिको रक्षा गर्नु प्रधानमन्त्रीको कतव्र्य हो ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार