Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसदीय समितिमा एमसीसीबारे छलफल चलाउन कांग्रेस सांसद्को माग

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ ।

बिहिबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल चलाउन माग गरे।

कांग्रेस सांसद उमा रेग्मीले एमसीसीबारे समितिमा छलफल चलाउन माग गरिन् । ‘सभापतिलाई एउटा अनुरोध– एमसीसीलाई नेपालको कानुन नलाग्ने भन्ने हुँदैन । यसबारेका भ्रम र यथार्थ के हुन समितिमा छलफल गराउन माग गर्दछु ।’

कांग्रेका अर्का सांसद दिव्यमणि राजभण्डारीले एमसीसीबारे परराष्ट्रमन्त्रीको धारणा माग गरे । ‘असार १६ गतेसम्म एमसीसी अनुमोदन भइसक्नुपर्ने भन्ने छ । म्याद थपका कुरा पनि आएका छन् । यसमा परराष्ट्रमन्त्रीको धारणा के छ, समितिमा बोलाएर सोध्नुपर्‍यो ।’

जवाफमा समिति सभापति पवित्रा निरौला खरेलले यसबारे छलफल गर्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077