Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानसेनापतिको दार्चुला भ्रमणपछि जङ्गीअड्डामा सुरक्षा बैठक

काठमाडौं।  प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतसँग सीमा जोडिएको दार्चुला जिल्लाको भ्रमणगरेलगत्तै  पृतनापतिहरूसँग समन्वय बैठक गरेका छन् । राष्ट्रिय सुरक्षाकै बिषयमा  शुक्रबार र आइतबार जंगी अड्डामा बैठक बसेको हो।

जंगी अड्डामा भएको पृतना बैठकमा  राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौतीलगायत परिस्थितिजन्य विषयका सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको वताइएको छ ।

त्यस्तै कोभिड– १९ महामारी, रोकथाम, प्रतिकार्य र नियन्त्रणलगायतका विषय, आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पृतनापतिहरूबाट कमाण्ड प्रतिबद्धता, राष्ट्रिय सुरक्षा वातावरणबारे समीक्षा भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र संशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ३ असारमा दार्चुला सदरमुकाम हुँदै सशस्त्रको हालै स्थापित बोर्डर आउटपोस्ट छाङरू भ्रमणमा गएका थिए ।

सुदूरपश्चिम पृतनापति तथा सुरक्षा प्रमुखसहितको भ्रमणका वेला प्रधानसेनापति थापाले कालापानी क्षेत्रमा भएका पछिल्ला घटनाक्रमबारे ब्रिफिङ लिएका थिए ।

बैठक समापनको अवसरमा आइबार प्रधानसेनापति थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सेना सदाझैँ प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययनको बारेमा छलफल गरेका थिए ।

बैठकमा प्रधानसेनापति थापाले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा लाग्न सबैलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077