Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कास्कीमा सफल एसपी रानाको बाँकेमा सरुवा, यस्ता छन् चुनौती

    कास्कीमा सफल एसपी रानाको बाँकेमा सरुवा, यस्ता छन् चुनौती

    अनलाइन नेपाल
  • मंगलबार, २ असार २०७७
  • 5.4K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले हिजो ३६ जना प्रहरी उपरिक्षक( एसपी )हरुको सरुवा निकालेको छ। जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी ओम रानाको सरुवा भएको छ।

    यसअघि एसपी रानाले जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुख भएर सफलतापुर्वक कमाण्ड सम्हालिसकेका छन् । एसपी रानाको टोली कास्कीका १० वर्षिय वालिका श्रेया विकको बलात्कारपछि क्रुर तरिकाले हत्या गर्ने अपराधी कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गर्न सफल भएको थियो।



    २०७६ साल असोज १० गते सांझ कास्कीको पुम्दी भुम्दीकी १० वर्षिय वालिकालाई ललाइ फकाइ बलात्कार गरी क्रुर तरिकाले बालिकाको हत्या गर्ने कुशुम पौडेललाई ११ घण्टाभित्र पक्राउ गरी प्रहरीकै छवि जोगाउन भुमिका खेलेका थिए ।



    सोही वर्ष कन्चनपुरमा हत्या गरिएकी निर्मला पन्तको हाल सम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

    एसपी राना श्रेया विकको हत्यारासंगै १ सय ५० फरार अपराधी पक्राउ गर्न सफल भएका थिए । उनको कार्यकालमा  लागुऔषध कारोवारीले  टाउको उठाउन सकेका थिएनन् भने  कास्कीभित्र १ सय ४२ स्थानमा सिसिटिभी क्यामेरा जडान गरेका थिए ।

    उनको कार्यकालमा कास्कीमा सवारी दुर्घटनामा समेत न्युनिकरण भएको थियो । त्यस्तै, ठगी गिरोहकी नाइके महिला स्नेहा भन्ने सरिताकुमारी रानालाई काठमाडौंबाट पक्राउ गर्न सफल भएका थिए ।

    चिनजानका विभिन्न व्यक्तिहरुबाट घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउँदै ति महिलाले करोडौ ठगी गर्दै आएकी थिइन।

    एसपी रानाले तत्कालिन समयमा सवैभन्दा संवेदनशिल मानिएको रोल्पा जिल्लामा २०७० सालको दोश्रो संविधानसभाको चुनाव  सम्पन्न गर्न सफल भएका  थिए । एसपी रानाले विभिन्न जिल्लामा प्रमुख भएर काम गर्दा पुरस्कार पनि प्राप्त गर्न सफल भएका थिए ।

    उनी कास्कीमा रहेर उत्कृष्ट कार्य गरेवापत गण्डकी प्रदेश प्रहरी कार्यालय उत्कृष्ट कार्यालय प्रमुखको पुरस्कार समेत प्राप्त गरिसकेका छन् । त्यस्तै एसपी रानाले राष्ट्रपतिबाट रत्न विभुषण प्राप्त गरिसकेका छन्।

    कास्कीको कमाण्ड सम्हाल्दा सफल भएका  एसपी रानालाई बाँकेमा  तस्करी र अबैध धन्दा गर्ने गिरोहलाई तह लगाउनु पर्ने चुनौती छ। भारतसँग सीमा जोडिएको जिल्ला भएको हुँदा बाँकेमा गोरू देखी कपडा, सुनसम्म तस्करी हुने गरेको छ।

    भारतीय आपराधिक गिरोहको पनि नेपालगन्ज,कोहलपुरलगायतका शहरमा चलखेल हुने गर्दछ ।   बाँकेमा काठदेखी अबैध वालुवा गिट्टी ढुवानीमा संलग्न तस्करको राज चल्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार