एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपूतले घरमा झुण्डिएर आत्महत्या गरेपछि भारतीय सेलिब्रेटीहरुले शोक व्यक्त गरेका छन् ।
यसैबीच पूर्वप्रेमिका अंकिता लोखण्डे उनको आत्महत्याको खबर सुनेपछि निशब्द बनेकी छिन् । डिप्रेसनको शिकार भएका सिंह आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
भारतीय मिडियाले अंकितालाई सुशान्तले आत्महत्या गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के रुरुरुरु‘।’ भनेर फोन काटिदिएकी छिन् ।
अंकिताले सुशान्तको निधनपछि इन्स्टाग्रामा भावुक स्टाटस लेखेकी छिन् । टीभी सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चामा आएकी अंकिताले कंगना रनाबतसँग फिल्म ‘मणिकर्णिका’ बाट बलिउडमा डेब्यु गररेकी छिन् ।
र सुशान्तसँग ६ वर्षसम्म लिभ इन सम्बन्धमा बसेकी उनले लेखेको स्टाटस अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
Leave a Reply