Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री र क्रिकेट कप्तानलाई कोरोना संक्रमण

    पाकिस्तानका पूर्व प्रधानमन्त्री र क्रिकेट कप्तानलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी र पाकिस्तानी एवं विश्व क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५–वर्षीय अलराउन्डर क्रिकेटर साहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ ।

    अफ्रिदी स्वयंले शनिबार ट्वीटरमार्फत् आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले भनेका छन्–‘म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरिरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलार्ई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।’



    त्यस्तै भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको उनकै छोरा कासिम गिलानीले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।



    पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार