Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमित बिरामीको मृत्यु

    भरतपुर अस्पतालको आईसीयूमा कोरोना संक्रमित बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    चितवन । भरतपुरमा एक जना कोरोना संक्रमित बिरामीको  मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका ती संक्रमित बिरामीको मृत्यु भएको पुष्टि भएको छ ।

    उनको आज  विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल रहेको छ ।



    भरतपुर महानगरपालिका वडा नं.११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।



    उनलाई  नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार