Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एक व्यक्तिको सबबाट यसरी फैलियो ३० जनामा कोरोना संक्रमण

    एक व्यक्तिको सबबाट यसरी फैलियो ३० जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौैं । जेठ १० गते नेपाल फर्किनेक्रममा भारतीय क्षेत्रमा ज्यान गुमाएका अर्घाखाँची भूमिकास्थानका एक युवकको कोरोना परीक्षण रिपोर्ट जब पोजेटिभ आयो, त्यसपछि शुरु भयो उनको कन्ट्याक्ट्र ट्रेसिङ ।

    उनीसँगै आएका अन्य ८० जनालाई क्वारेन्टाइनमा राखिएको थियो।   लखनऊ आसपासमा मृत्यु भएका ती युवकको शव कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा क्षेत्र बढनीबाट नेपाल ल्याएको आफन्तले बताएका थिए।



    उनको कन्ट्याक्ट्र ट्रेसिङबाट ब्यक्तिहरुको नमुना संकलन गरि पठाइएको थियो। जसमध्ये आज ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ।



    यसरी एक व्यक्तिको सबबाट ३० जनामा कोरोना भाइरसको संक्रमण फैलिएको देखिन्छ। जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    भारतबाट आएकाहरुको व्यवस्थापनमा खटिएको समयमा संक्रमितसँग सम्पर्क भएकाले उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ।

    संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाकाका २९ जना, पाणिनी गाउँपालिकाका १ र शीतगंगा नगरपालिकाका १ जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार