Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेपालमा कोरोनाबाट मृतकको संख्या १४ पुग्यो

    नेपालमा कोरोनाबाट मृतकको संख्या १४ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

    पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।



    वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनाए।



    योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।

    आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार