Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाको अध्यक्षमा महन्थ र उपेन्द्र, बाबुराम वरिष्ठ नेतामा सीमित

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको उक्त  पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो । बैशाख १० गते समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको थियो। दल एकताको ४५ दिन भित्र निर्वाचन आयोगमा दर्ता भइसक्नु पर्नेहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077