Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वडाध्यक्ष नै प्रहरी चौकी तोडफोडमा उत्रिएपछि

काठमाडौं । जनप्रतिनिधि नै देश र जनताको सुरक्षामा खटिएको प्रहरीविरुद्ध उत्रिएको भन्दा तपाई हामीलाई पत्यार नलाग्न सक्छ । ्

तर, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा यस्तै घटना भएको् छ ।

ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार १३ नम्बर वडाध्यक्ष दीपक केसीसहितको टोलीले तोडफोड गरेको हो ।

मोटरसाइकलमा आएका केसी सहितको टोलीले जाँचका लागि राखिएको ढाट हटाउन प्रहरीले ढिलाइ गरेको भन्दै मंगलबारबेलुकी ८ बजेतिर आक्रमण गरेको हो ।

पहिले प्रहरीसँग झगडा गरेका केसीले पछि झण्डै २ दर्जन युवाहरुलाई बोलाएर तोडफोड गर्न लगाएको प्रहरीको भनाई छ ।

चौकी इन्चार्ज असई धनबहादुर साउदले चौकीमा ढुंगामुढा गरेको बताए । हिजोको आक्रमणपछि बुधबार बिहानदेखि प्रहरी डिउटीमा छैनन् ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लीको संयुक्त टोली छिवाङ पुगे पनि वडाध्यक्षसहित आक्रमणमा संलग्न अन्यलाई भेटाउन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077