Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंमा सुन पसल लुट्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । चोरी नियन्त्रणका लागि महानगरीय अपराध अनुसन्धान महाशाखाले चलाएकाे विशेष अभियान अन्तर्गत रातको समयमा सुन पसल चोरी गर्ने तीन जनालाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीका मिलन तामाङ, नुवाकोटका प्रेम तामाङ र भारतीय नागरिक ऋषिमुनि कुमार छन् ।

महाशाखाका एसएसपी दिपक थापाले मिलनले चोरी गरेर प्रेम र ऋषिमुनिलाई सामान विक्री गरेको अनुसन्धानबाट खुलेकाे बताए ।

‘अन्दाजी दुई लाख २३ हजार ८ सय २० रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा उनी संलग्न छन्’, थापाले भने, ‘उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाएका छौं ।’

मिलनले काठमाडौं, सरकारीधारास्थित नोर सुन चाँदी पसलको मुल ढोका फोडेर सुन, चाँदीका गहरा चोरी गरेको थापाको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट गरगहना समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077