Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँके दुर्घटना: मृतक र घाइते सबैको कोरोना परीक्षण गरिने

काठमाडौं । बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित घाइतेको २१ जनाकाे कोरोना परिक्षण गरिने भएको छ ।

आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा ज्यान गएको हो ।

सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो । मृतकको सनाखत हुन सकेको छैन् । मृतकमध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । बाँकेका एसपी वीरबहादुर ओलीले मृतक र सबै घाइतेको कोरोना परिक्षण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077