Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कांग्रेसको निर्णयले भारतलाई ठुलो झट्का,भारतीय चलखेल असफल

    कांग्रेसको निर्णयले भारतलाई ठुलो झट्का,भारतीय चलखेल असफल

    अनलाइन नेपाल
  • शनिबार, १७ जेष्ठ २०७७
  • 7.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएसँगै भारत र त्यहांका मिडियाहरुलाई ठुलो झट्का लागेको छ।

    शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएपछि यस्तो निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



    ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रवक्ता शर्माले बैठकपछि ट्विटरमा लेखेका छन्, ‘केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव।’



    सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक)जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

    सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो।

    यसअघि काँग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको विषय र त्यसमा कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति गम्भीरतापूर्वक आकृष्ट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको थियो।

    पार्टी सभापति शेरवहादुर देउवाले समेत ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन्, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ भनेर ट्विट गरिसकेका छन् ।

    कांग्रेस संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरेर पछि हटेको भन्दै भारतीय मिडियाहरुले काँग्रेसको बदनाम गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार