Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना रोकथाम तथा उपचारको लागि ६ अर्बकाे बजेट

काठमाडौं । कोरोनाभाइरस रोकथाम र उपचारको लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथामका लागि ६ अर्ब बजेट छुट्याइएकाे बताए।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए। त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ यस शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने भएको छ।

साथै काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने भएको छ। यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ।

यस्तै पोखरा, कोसी, नारायणी र कर्णाली अस्पताललाई स्तरोन्नति गर्दै विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077