Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कांग्रेसद्वारा आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे छ । पार्टी मुख्यालय सानेपा ललितपुरमा काँग्रेसले बिहीबार दिउँसो दुई बजे पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे हाे ।

पत्रकार सम्मेलनमा १२औँ गणतन्त्र दिवस, कोरोना भाइरसको संक्रमण, लकडाउन, संविधान संशोधन र मुलुकको अन्य राजनीतिक विषयमा कांग्रेसले आफ्नो धारणा राख्ने जनाइएको छ ।

संसदबाट बुधबार संविधान संशोधनको प्रस्ताव अचानक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले कार्यसूचीबाट हटाएका थिए । कार्यसूचीबाट प्रस्ताव हटाइएको आरोप कांग्रेसलाई लगाइएको थियो ।

कांग्रेसले विज्ञप्ति जारी गरेर संविधान संशोधनको प्रस्ताव कार्यसूचीमा राख्दा सरकार र संसद सचिवालयले कांग्रेससँग नसोधेको र हटाउँदा पनि सल्लाह नगरेको स्पष्ट पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077