Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै संघले दियो यस्तो चेतावनी

    चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै संघले दियो यस्तो चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  घटनामा संलग्न दोषीउपर कानुनी कार्वाही गर्न  संघले सरकारसँग माग गरेको छ ।

    नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि हातपात भएको थियो ।



    विज्ञप्तिमा कोरोना महामारीका बेला ज्यानको बाजी लगाएर खटिरहेका चिकित्सकमाथि बिरामी बचाउन सकिनस् भन्ने आरोप लगाउँदै हातपात गर्नु अत्यन्तै अमानवीय कार्य भएको भन्दै संघले घटनाको घोर भर्त्सना र निन्दा गरेको छ । संघले यस्तो संवेदनशिल र विषम परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन समेत सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।



    विज्ञप्तिमा भनिएको छ-‘ चिकित्सक भगवान नभई बिरामीको उपचारका लागि आफ्नो क्षमता, योग्यता र उपलब्ध उपकरणहरुको अधिकतम प्रयोग गरी रोक निको पार्न प्रयास गर्ने व्यक्ति हुन् । त्यसैले कुनै पनि स्वास्थ्यकर्मी कसैको जीवनलाई बचाउन भगवान रुपीजादु गर्नसक्ने व्यक्ति नभएको स्पष्ट पार्न चाहन्छ । त्यसका साथै मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको भावना र मर्म विपरित चिकित्सकहरुमाथी सांघातिक आक्रमण भईरहनु र सुरक्षाकर्मी मुकदर्शक भईरहने घटनाले कानूनी राज्यको उपहास गरेको नेपाल चिकित्सक संघको ठहर छ ।’

    हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार