Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डिएसपीमा वढुवा भएका ६० जनालाई आईजीपीले लगाइदिए फूली

काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका ६० जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा आईजीपी ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गृह  सचिवस्तरको जेठ १३ गतेको निर्णयअनुसार बढुवा भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आईजीपी ज्ञवालीले बधाई तथा शुभकामना दिए।

ज्ञावालीले बढुवापश्चात् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलका साथ उत्कृष्ट काम गर्न निर्देशन दिए।

व्यक्ति भन्दा संगठनलाई बलियो बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने उल्लेख गर्दै ज्ञवालीले राज्यले सुम्पेको दायित्व र भूमिका तथा नागरिक केन्द्रित सेवा प्रवाह गर्न निष्ठापूर्वक काम गर्न निर्देशन दिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077