Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्वीटमा तथ्य जाँच गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको ट्वीटलाई ‘तथ्य जाँच चेतावनी’को सामाजिक सञ्जाल ट्वीटरले ट्याग लगाएको छ । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गरेपछि ट्वीटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।

ट्वीटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्वीटरमा आलोचना पनि भएको छ ।

यसैबीच ट्वीटरको ‘तथ्य जाँच चेतावनी’ लाई ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा ट्वीटरले गर्न खोजेको हस्तक्षेपको संज्ञा दिएका छन् । उनले ट्वीटरमार्फत नै उक्त ‘तथ्य जाँच चेतावनी’ को जवाफ दिदै ट्वीटरले सीएनएन र वासिङ्टन पोष्टका गलत समाचारका आधारमा राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्ने नियतसाथ ‘तथ्य जाँच चेतावनी’ दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077