Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • किशोरीलाई बलात्कार गरेकाे अभियोगमा दुई जना पक्राउ

    किशोरीलाई बलात्कार गरेकाे अभियोगमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । किशोरीलाई बलात्कार गरेकाे अभियोगमा दुई जना पक्राउ परेका छन्। १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको अभियोगमा मकवानपुरकाे बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस्तै सिरहाकी १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा मिर्चैया नगरपालिका-३ राघोपुरस्थित रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रबि प्रकाश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।



    बर्माले ती किशोरीलाई बैशाख ३० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार