Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • कोरोनाको खोप आउँछ भनेर प्रतीक्षा गर्न नहुने अमेरिकी वैज्ञानिकको सुझाव

    कोरोनाको खोप आउँछ भनेर प्रतीक्षा गर्न नहुने अमेरिकी वैज्ञानिकको सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    एजेन्सी । अमेरिकाका चर्चित वैज्ञानिक विलियम हेसलटाइनले अहिले कोरोना भाइरस (कोभिड -१९) को खोप छिट्टै  बजारमा आउला भन्ने विश्वास आफुमा नरहेको र यसको प्रतीक्षा गर्नु पनि उचित नहुने बताएका छन् ।

    एचआईभी भाइरसको विषयमा अनुसन्धान गरेका उनले कोरोना भाइरसको महामारी रोक्नका लागि खोपको प्रतीक्षा गर्नुभन्दा पनि बिरामीको राम्रो उपचार, उनीहरुको पहिचान र संक्रमण फैलिएको स्थानलाई आइसोलेसनमा राख्नुपर्ने तथ्यहरु अगाडि सरेका छन्।



    उनले अमेरिकी सरकारलाई विभिन्न सुझाव समेत दिएका छन् । विलियम हेसलटाइनले खोप आउने आशामा लकडाउन खुकुलो पार्ने निर्णय गर्नु सही रणनीति नभएको दाबी गरे ।



    त्यसो त हेसलटाइनले कुनै उपचार र खोप विना पनि कोरोना भाइरसलाई नियन्त्रणमा लिन सकिने तर्क अगाडि सरेका छन् ।  कोरोना  संक्रमितको सही पहिचानका साथै संक्रमितलाई आइसोलेसनमा राख्नु सबैभन्दा प्रभावकारी उपाय हुने उनको दाबी छ ।

    बाँकी मानिसहरुले बारम्बार हात धुने, मास्क लगाउने, सफाइमा ध्यान दिने जस्तो बानी बसाल्नुपर्ने उनको सुझाव छ ।

    चीन र अन्य एसियाली मुलुकमा यो वैकल्पिक रणनीतिलाई निकै प्रभावकारी रुपमा लागू गरिंदा केही सफल भएको पनि उनको विश्वाश छ।    हेसलटाइनले चीन, दक्षिण कोरिया र ताइवानमा वैकल्पिक रणनीति प्रभावकारी भएको वताएका छन्।

    अमेरिका, रुस , ब्राजिलजस्ता देशहरुले यो रणनीति राम्रोसँग पालना गर्न नसक्दा ती देशहरुमा महामारीको दरलाग्दो अवस्था आएको पनि उनले वताए । -बीबीसी

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार