Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रुसले भन्यो – कोरोनाको पहिलो खोप दुई हप्ताभित्र ,अक्टूबरदेखि ठूलो मात्रामा वितरण

    रुसले भन्यो – कोरोनाको पहिलो खोप दुई हप्ताभित्र ,अक्टूबरदेखि ठूलो मात्रामा वितरण

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 5K
    SHARES

    काठमाडाैं । रुसले कोरोनाको खोपको बारेमा अन्तर्राष्ट्रिय चिन्ताको खण्डन गरेको छ । रुसले मंगलबार दाबी गर्यो कि यसले एउटा खोप बनाएको छ, जुन करिब दुई महिनासम्म मानवमा परीक्षण गरिएको थियो र त्यसपछि अनुमोदन गरियो।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएका थिए ।



    पुटिनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका थिए। उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताएका थिए।



    तर विज्ञहरूले कोरोनाको खोप यति छिटो बनाउने रूसको दाबीमा शंका गरे। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरूले यसबारे सतर्क हुन भने।

    त्यसपछि रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले बुधवार रूसी समाचार एजेन्सी इन्टरफेक्सलाई भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरूले रूसी चिकित्सा प्रतिस्पर्धामा अगाडि बढ्ने फाइदा बुझेका छन् र ती कुरा गरिरहेका छन् जुन एकदमै निराधार हो।’

    रूसी मन्त्रीले भने कि यो खोपको पहिलो ढुवानी अर्को दुई हप्तामा आउँछ र यो मुख्यतया डाक्टरहरूलाई दिइनेछ। रुसका अधिकारीहरूले अक्टूबरदेखि ठूलो संख्याको खोप सुरु गर्ने योजना बनाए। विश्व स्वास्थ्य संगठनले भने यो खोपको समीक्षा गर्न रूसी अधिकारीहरूसँग सम्पर्क राखेका छन्। विश्व स्वास्थ्य संगठनले हाल बिकास भएका खोपहरू अनुगमन गरिरहेको छ ।

    रुसले पहिलो कोरोना भाइरस खोप बनाएको दाबी गरेको छ, रूसी खोपहरूको दावीमा विशेष गरी अमेरिका र युरोपमा प्रश्नहरू उठाइरहेका छन्।  जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले भने, ‘लाखौं मानिसहरूलाई खोप दिन सुरु गर्नु खतरनाक कुरा हो किनभने यदि त्यहाँ गडबड छ भने जनताको खोपमाथिको विश्वास मर्नेछ।’ उनले भने, ‘हामीलाई थाहा छ यसबाट यो लाग्छ कि यस खोपको सही परीक्षण गरिएको छैन, यो खोपहरू बनाउने बारेमा मात्र होइन, सुरक्षित खोप बनाउनु महत्वपूर्ण हुन्छ।’ (बिबिसीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार