Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजकाे माैसम अपडेट: विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान

    आजकाे माैसम अपडेट: विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान

    अनलाइन नेपाल
  • शुक्रबार, ९ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ ।

    महाशाखाका अनुसार बंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजोर भएर निम्नचापीय प्रणालीको रुपमा रहेको छ ।उक्त प्रणालीको प्रभावले आज दिउँसो पूर्वी क्षेत्रका थोरै स्थान तथा मध्य र पश्चिमी क्षेत्रका पहाडी भू-भागमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।



    यस्तै आज राति पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्यांग र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार