Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आजकाे माैसम अपडेट: विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार बंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजोर भएर निम्नचापीय प्रणालीको रुपमा रहेको छ ।उक्त प्रणालीको प्रभावले आज दिउँसो पूर्वी क्षेत्रका थोरै स्थान तथा मध्य र पश्चिमी क्षेत्रका पहाडी भू-भागमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्यांग र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077