Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की छुटे

काठमाडौं । नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका उत्तम कार्की छुटेका छन् ।

४ जेठमा नियन्त्रणमा लिएपछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेकाे भएपनि अदालतले मुद्दा चलाउन अस्वीकार गरेकाे हाे ।

अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने भएकाले कार्कीलाइ छाडिएकाे काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै कार्कीसहितको समूहले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.नारायण कार्कीलाई दुर्व्यहार गरेको थियो ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको उनीहरुले फेसबुकमा लाइभ भिडियो प्रशारण गरेका थिए । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले स्वयंसेवक भन्ने व्यक्तिको चौतर्फी विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077