Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेको भुम्लुमा जिप दुर्घटना, २ जना वेपत्ता

काभ्रे । खाद्य सामाग्री बोकेर दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेरो जिप काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा दुर्घटना हुँदा दुई जना वेपत्ता भएका छन् ।

उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका दुईजना बेपत्ता भएको काभ्रे प्रहरीले जनाएको छ ।

बोलेरोभित्रै बसेकी महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बलेरोबाट हामफाल्ने दुई जना भने सुनकोशी नदीमा खसेको अनुमान गरिएको छ । उनीहरुको खोजी कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077