Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • मनिषाले नेपालको नयाँ नक्साको समर्थन गर्दा भारतीय मिडियाद्वारा विराेध

    मनिषाले नेपालको नयाँ नक्साको समर्थन गर्दा भारतीय मिडियाद्वारा विराेध

    अनलाइन नेपाल
  • बुधबार, ७ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडाैँ । अभिनेत्री मनिषा कोइराला कालापानी सीमा विवादलाइ लिएर गरेकाे एक ट्वीटका कारण भारतीय मिडियाले विराेध गरेकाे छ। भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विभिन्न प्रश्न उठाएका छन्। केही घण्टाअघि अभिनेत्री मानिषाले नेपाल-भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट गरेकी थिइन्।

    मन्त्रिपरिषद्ले नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्।



    मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’



    लगत्तै उक्त ट्वीटमा मिश्रित प्रतिक्रियाहरु देखिन थाले। नेपाली ट्वीटर प्रयोगकर्ता मनिषा र पक्षमा र भारतीय विपक्षमा। भारतले गत नोभेम्बरमा कालापानी क्षेत्र समेटेर नक्सा जारी गरेको थियो। त्यस समयदेखि विवाद सिर्जना भएको थियो। कोरोना भाइरस संक्रमणको महामारीबीच भारतले लिपुलेकमा आफ्नो सडक उद्घाटन गरेपछि त्यसकाे विराेधमा सडकदेखि सदनमा बहस भइरहेकाे थियाे। तर सरकारले नयाँ नक्सा नै जारी गर्ने तयारी गरेपछि विराेधहरू राेकिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार