Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नसुध्रिएसम्म भारतीय मिडियामाथिको प्रतिबन्ध कायमै राख्नू : मन्त्री खतिवडा

    नसुध्रिएसम्म भारतीय मिडियामाथिको प्रतिबन्ध कायमै राख्नू : मन्त्री खतिवडा

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पेशाप्रतिको इमानदारिता प्रदर्शन नगरेसम्म भारतीय सञ्चारमाध्यमको प्रतिवन्ध कायम राख्न आग्रह गरेका छन् ।

    अपमानित ढंगबाट कुनै पनि मिडिया जान नहुने बताउँदै मन्त्री खतिवडाले भने ’सेवा प्रदायकले राष्ट्र, राष्ट्रियता र समाजप्रतिको दायित्व बोध गरेर सेवा प्रतिबन्ध गर्नुभएको छ, उनीहरूले पेशाप्रतिको इमानदारिता प्रदर्शन गरेर नआएसम्म यो कायमै राखिदिन अनुरोध गर्दछु ।’



    आईतबार मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले भारतीय सञ्चारमाध्यमले राष्ट्रियता, स्वाभिमान र राजनेताको मानमर्दन र दूरासयपूर्ण विषयवस्तु बाहिर ल्याएकोमा सरकारले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जानकारी गराएको पनि जानकारी दिए ।



    मन्त्री खतिवडाले स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नैतिक दायराभित्र बस्नुपर्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार