Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६० जना इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारीस गरेको छ । आइतबार प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको वैठकले ६० जना इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् । इन्सपेक्टरबाट डिएसपीमा बढुवा सिफारिस भएकाहरुमा ओलीसहित केदारराज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, पंचकुमार बाखु, प्रमेश विष्ट , सुर्यबहादुर थापा , नविनराजा वुढाथोकी, कुमारप्रसाद मैनाली, पूर्णिमा कुमारी चन्द लागायत ६० जना रहेका छन् । प्रहरी प्रधान कार्यालयले जारी गरेको बढुवा सिफरिस सुचीअनुसार केही विभागिय र ०६७ ब्याचका धेरै रहेका छन् । नेपाल प्रहरीको डिएसपी बढुवाको लागी बढुवा समितिको अध्यक्ष माहानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीका साथै सदस्य सचिवमा एआईजी शैलेश थापा रसदस्यमा गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य रहेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077