काठमाडौं। शनिबार थप ६ जनाका कोरोना संक्रमण पुष्टि भएसंगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा नयाँ संक्रमित भेटिएका छन्।
संक्रमण पुष्टि भएकाहरुमा बर्दिया नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामननगर -४ निवासी १८ वर्षीया महिला चितवन र गढौली-१ निवासी २५ वर्षीया महिला रहेका छन् ।
Leave a Reply