Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतको हेपाहा प्रवृत्ति : दशगजामा ल्याएर नेपालीहरुलाई भोकै छाड्यो

    भारतको हेपाहा प्रवृत्ति : दशगजामा ल्याएर नेपालीहरुलाई भोकै छाड्यो

    अनलाइन नेपाल
  • शनिबार, ३ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    झापा। लिपुलेक र कालापानीमा नेपाली सिमा मिचेर सडक खन्दै आएको भारतले कोरोना महामारीको बेला पनि नेपालीहरुमाथि अमानविय व्यबहार देखाएको छ। भारतले दशगजामा ल्याएर नेपालीहरुलाई खानाको व्यवस्था नगरी राखेपछि उसको गलत नियत बाहिर आएको हो। नेपालले भने आँफै तत्काल उद्धार गरेर देशभित्र ल्याउनुपर्ने अवस्था आएको हुँदा उद्दारको पहल थालेको छ।

    भारतले जो जहाँ छ उही देशको क्वारेन्टाइनमा राख्ने नेपालसँगको सम्झौता  एकतर्फीरूपमा तोडेको छ। भारतले नेपालप्रति जहिल्यै पनि हेपाहा प्रवृत्ति देखाउँदै आएको छ। नेपाली सीमा मिचेर पश्चिम नेपालमा सडक बनाएको घटना होस् या दशगजामा नेपालीलाई ल्याएर भोकभोकै बनाएको घटना होस् ।



    सरकारले  भारतमा रहेका नेपालीलाई अमानवीय व्यवहार भएको दोहोर्‍याउँदै बोर्डरमा अलपत्र बनाइएका सबै नेपालीलाई नेपाल ल्याउने तयारी थालेको छ।



    नेपाल आउन पश्चिम बङ्गालसँगको प्रमुख नाका काँकडभिट्टा आसपासमा एक हजार २०० नेपाली तयार रहेका छन्। उनीहरुलाई राख्न झापाका १५ वटै पालिकासँग छलफल भइरहेको छ । पूर्वी नाकाबाट भित्रिने नेपालीमध्ये मेचीनगर बसोबास भएका सबैलाई क्वारेन्टाइनमा सहजरूपमा राखिने र नगर बाहिरका मानिसलाई काँकडभिट्टा माविमा स्थापना गरिने होल्डिङ सेन्टरमा छोटो समय राखेर उनीहरुको पालिकातिर पठाउने तयारी भएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार