Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • कोरोनाको गैरकानुनी अनुसन्धान गर्ने चिकित्सकलाई निलम्वनको तयारी

    कोरोनाको गैरकानुनी अनुसन्धान गर्ने चिकित्सकलाई निलम्वनको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । गैरकानुनी रूपमा कोरोना भाइरसबाट संक्रमित पहिलो नेपाली युवाको  जीनको नमुना परीक्षण गर्नेहरुमाथि कारवाही प्रक्रिया अगाडि बढेको छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद(एनएचआरसी)को इथिकल रिभ्यू बोर्डबाट अनुमति नलिई संक्रमित पहिलो नेपाली युवाको  अनुवांशिक (जेनेटिक)सिक्वेन्सिङ  विदेशमा सिक्वेन्सिङ गरिएको हो।



    एनएचआरसीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित शाह र प्रयोगशालकै डा. रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे, महाशाखाकै डा. विवेककुमार लाल र महाशाखाकै डा. हेमन्तचन्द्र ओझालाई स्पष्टिकरण मागेको थियो । उनीहरुबाट लिखित जवाफ आएपछि अवस्था हेरेर निलम्बन गरिन सक्ने स्रोतले वतायो ।



    सिक्वेन्सिङ गरिएको अनुसन्धानात्मक रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नलमा प्रकाशित गरिएको छ। चीनको वुहानमा अध्ययनरत नेपाली युवाको स्वाब विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को हङकङस्थित प्रयोगशालामा सिक्वेन्सिङ गरिएको हो। ३२ वर्षीय ती नेपाली युवकलाई ९ माघमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

    बाहिरी मुलुकमा देखिएको कोरोना भाइरस र नेपालमा भेटिएको कोरोना भाइरसबीचको फरक पत्ता लगाउन र औषधिको लागिसमेत जिनेटिक सिक्वेन्सिङ गरिन्छ।

    भाइरसमा हुने जिनको कोडिङ गरेर यो पत्ता लगाइन्छ। नेपाली चिकित्सकको यस कार्यले नेपालको पेटेन्ट राइट गुम्ने जोखिम रहेको छ । कोरोनाको गैरकानुनी अनुसन्धान गर्ने टेकुका चिकित्सकहरुमाथि तुरुन्तै निलम्बन गरेर कारवाही प्रक्रिया थाल्ने तयारी भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार