Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महाकाली नदी तरेर सय बढी नेपाली नेपाल प्रवेश

    महाकाली नदी तरेर सय बढी नेपाली नेपाल प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैँ । लकडाउनको समयमा अवैध रुपमा हालसम्म १०० भन्दा बढी नेपाली नागरिक महाकाली नदी तरेर नेपाल भित्रिएका छन् ।

    बैतडी र दार्चुलामा गरी उक्त सङ्ख्यामा स्वदेश भित्रिएका हुन् ।महाकाली नदीमा ट्युवमार्फत बैतडीमा ४० जना भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। सीमा सील रहेका बेला अवैध रुपमा सुरक्षाकर्मीको आँखा छलेर उनीहरु नेपाल आएका हुन् । उनीहरु सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको उनले बताए ।



    दार्चुलामा पनि लकडाउनमा समयमा महाकाली नदी तरेर ७० जना भित्रिएको तथ्याङ्क रहेको छ । उनीहरुमध्ये कोही महाकालीमा पौडिएर, कोही तुहिनमार्फत र कोही ट्युबमार्फत स्वदेश भित्रिएका हुन् ।



    स्वेदश फर्कने सबै नेपाली मजदुर रहेको र उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षणपश्चात मात्रै घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका विभिन्न १५ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार