Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • टिचिङ अस्पतालमा उपचाररत ६ वर्षिया बालिकामा कोरोना पोजेटिभ, अस्पताल सिल

    टिचिङ अस्पतालमा उपचाररत ६ वर्षिया बालिकामा कोरोना पोजेटिभ, अस्पताल सिल

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । आज विहान कोरोना संक्रमणको पुष्टि भएकी ६ वर्षिया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ ।

    ‘रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ रहेको अस्पताल स्रोतले जनाएको छ ।



    बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिलेलाई सील गरिएको छ भने त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।



    अहिले बाहिरबाट कर्मचारी र स्वास्थ्यकर्मी बाहेकलाई अस्पतालभित्र प्रवेशमा रोक लगाइएको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ती बिरामीको कोरोना रिपोर्ट अझै सार्वजनिक गरेको छैन ।

    ति बालिका कहाँकी हुन् भन्ने अझै खुलाइएको छैन । उनलाई वैशाख ३० गते भर्ना गरिएको त्रिवि अस्पताल स्रोतले जानाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार