Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लकडाउनको ३३औं दिन पनि गाउँ फर्कनेको लर्को

    लकडाउनको ३३औं दिन पनि गाउँ फर्कनेको लर्को

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 5K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोराना भाइरस(कोभिड–१९) को महामारीका कारण विश्व नै यतिबेल संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।

    नेपालमा पनि कोरोनाको संक्रमण दिन दिनै वढिरहेकै छ । आजसम्म नेपालमा ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर घर फर्केका छन् ।





    सरकारले कोरोना संक्रमण फैलन नदिनका लागि चैत ११ गतेदेखि नै लकडाउन गरेको छ । पछिल्लो पटक थपिएको लक डाउन भोली अर्थात १५ गते समाप्त हुँदैछ । तर, अाज बसेकाे मन्त्रीपरिषद् बैठकले १० दिन थप गर्ने निर्णय गरिसकेकाे छ । अब २५ गतेसम्म लकडाउन हुनेछ ।

    लकडाउनका कारण कयौं सर्वसाधरणहरु राजधानीमा अलपत्र परेका छन् । कतिपय त ८ सय किलोमिटरसम्म हिंडेर गाउ फर्किसकेका छन् भने अझै पनि गाउँ फर्कनेको लर्को उत्तिकै छ ।

    तर, पछिल्लो समय भने स्थानीय सरकारको पहलमा गाउँ फर्कनेको संख्या उल्लेख्य बढेको छ । गाउँपालिकाको सिफारिसमा आएका ठूला बसहरुले राजधानीबाट सर्वसाधरणहरुलाई गाउँ–गाउँसम्म पुर्याइरहेको छ ।

    यसरी गाउँ जानु उचित हो वा होइन थाहा छैन, तर राजधानीमा बस्न असहज भएपछि गाउँलेहरु स्वतस्र्फूत रुपमा गाँउ गइरहेका छन् । लकडाउनका कारण गाउँ जान नसकेर अलपत्र परेकाहरुलाई गाउँपालिकाले नै व्यवस्थापन गरेर गाउँ लगिरहेको अवस्था छ ।

    राजधानीको नाका मानिने कलंकी, बल्खु, कोटेश्वरमा त दिन दिनै गाउँ जानेको लर्को नै देखिन्छ । तर, आज चावहिल चोकमा पनि गाउँ जानेको लर्को उत्तिकै थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार